काठमाडौं । आज नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । घोराही सिमेन्टका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।













