IME Life New

नेप्सेमा भारी गिरावट, कारोबार रकम ३ अर्ब ६४ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४३ दशमलव ८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । घोराही सिमेन्टका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS