IME Life New

रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ४० थान डस्टबिन वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ । रामेछाप उद्योग वाणिज्य संघसँगको समन्वय तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाको सहकार्यमा सोमबार ‘स्वच्छ मन्थली, सुन्दर मन्थली’ अभियान अन्तर्गत उक्त सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत मन्थली बजारका विभिन्न क्षेत्रमा सरसफार्इ गर्नुका साथै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन ४० थान डस्टबिन वितरण गरिएको थियो। कार्यक्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, वडा नं. १ का अध्यक्ष होमप्रसाद पौडेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

Esewa
Crest

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा व्यवसायीहरूले स्वच्छ, सुन्दर र व्यवस्थित मन्थली निर्माणका लागि स्थानीय सरकार, व्यवसायी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

बजार क्षेत्रमा बजार विस्तारले गर्दा फोहोर हुने क्रम बढ्दै गएकाले फोहोरलाई जथाभावी फाल्ने प्रवृत्तिको अन्त्य गर्दै उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

इन्स्योरेन्सका मन्थली शाखा प्रमुख शान्ता श्रेष्ठले बीमा कम्पनीको भूमिका बीमा बिक्री र आर्थिक सुरक्षामा मात्रै सीमित नरहेको भन्दै कम्पनीले समुदायप्रति सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर सरसफाइ अभियान सञ्चालन गरिएको बताइन् ।

‘फोहोर जथाभावी नफालौँ, डस्टबिनमै राखौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले बजार क्षेत्रको फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

आयोजकले घर तथा व्यवसायस्थल सफा राख्नुका साथै सडक, बजार र सार्वजनिक स्थानको सरसफाइमा पनि सबैले समान जिम्मेवारी लिनुपर्नेमा जोड दिएको छ। नियमित सरसफाइसँगै फोहोरको उचित व्यवस्थापन गर्न सके मात्र मन्थलीलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS