काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ।
आइएमई लाइफ २०६४ सालमा दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ सालबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै उत्कृष्ट बीमा सेवा प्रदान गरेर कम्पनीले आफ्नो उचाइ हासिल गरेको छ।
चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीबापत १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्ष २०८२।८३ सम्म कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँको उचाइमा पुगेको छ।
गत आर्थिक वर्षमा कम्पनीको व्यापारमा आकर्षक प्रगति देखिएको छ। समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २२.८६ प्रतिशतले बढी हो। यो बढोत्तरीले कम्पनीप्रति बीमितको भरोसा बढ्दै गएको देखिन्छ।
गत आर्थिक वर्षमा ५८ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल कम्पनीको प्रतिशेयर आम्दानी बढेर ११.२१ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८.४९ रुपैयाँ रहेको छ।
हाल कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी छन्।
वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, नियामकीय निकायहरु र सरोकारवालाहरुसँगै आफ्ना सम्पूर्ण कर्मचारीवृत्तमा आभार प्रकट गरेको छ। आगामी दिनमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता गरेको छ।












