IME Life New

त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसको उद्धारका लागि यसरी गरिँदैछ काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले रसुवा बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरुका लागि निरन्तर प्रयास गरेको छ। सरकारले हिजो रातभरि नै निरन्तर उद्धार कार्य जारी राखेको हो।

यद्यपि, आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रुपमा काट्न सुरु गरेको छ। तर पनि सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ।

Esewa
Crest

यसैगरी पहिरो र माटोले पुरिएको त्रिशूली ३ ’ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरु सुरक्षित रुपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ। सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरणहरु निकाल्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS