IME Life New

प्राकृतिक विपदबाट प्रभावित क्षेत्रमा बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदपबाट प्रभावित क्षेत्रमा बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ।

रसुवा बाढीलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। प्राकृतिक विपदका कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न राष्ट्र बैंक क्रियाशील रहेको परिपत्रमा उल्लेख छ।

Esewa
Crest

बाढी प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न, विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट सेवा स्वतःस्फुर्त रुपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको पनि केन्द्रीय बैंकले जनाएको छ। यसका साथै प्राकृतिक विपदका कारण प्रभावितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक वित्तीय स्रोतहरुको परिचालन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

यस विषम परिस्थितमा बैंक तथा वित्तीय संस्थाका ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमकिता दिई प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील रही आवश्यक सहयोगका लागि निरन्तर प्रयासरत रहन सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS