काठमाडौं । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ १ लाख २ हजार ८३ रुपैयाँ प्रदान गरेको छ ।शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको जनाएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
यस विपत्तिमा जीवन गुमाएका सम्पूर्ण महानुभावहरूप्रति रेडक्रस तनहुँले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।












