IME Life New

आइएमई ग्रुपद्वारा बाढी प्रभावितको लागि प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ।

आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसल लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ ।

Esewa
Crest

त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ ।

यसैगरी आइएमइले संसारभरीबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ भने खल्ती वाइ आइएमई मोवाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम नि:शुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । साथै, आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ।

आइएमई ग्रुपले अकल्पनीय विपदमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।

साथै विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आइएमई ग्रुपले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS