IME Life New

बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशीको नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा बैंकिङ कार्यालय अन्यत्र स्थानान्तरण बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तीय संस्थाका नाममा शनिबार परिपत्र जारी गर्दै प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्नका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति बिना संस्था स्वयंले स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थानान्तरण वा समायोजन गरेको सात दिनभित्र बैंकले नेपाल राष्ट्र बैंकलाइ यसबारे जानकारी गराउनुपर्नेछ।

Esewa
Crest

गत भदाै १० गते बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ् र चितवन जिल्लामा भोटेकोशी, त्रिशुली र नारायणी नदी छेउछाउको राजमार्ग र गाउँपालिकाहरूमा रहेका बैंक वित्तीय संस्थाका शाखा कार्यालयहरूको पूर्वाधार ध्वस्त बनाएको छ। केही बैंकका कर्मचारी समेत बाढी पहिरोमा परेर बेपत्ता छन् ।

राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न प्रयास भइरहेको जानकारी दिएको छ। ती क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न, विद्युतीय माध्यम लगायत वैकल्पिक स्थानबाट सेवा स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको जनाएको छ।। साथै, प्राकृतिक विपद्का कारण प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक वित्तीय स्रोतको परिचालन गर्न यस बैंकले प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS