काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले हिमालयन लाइफमा कार्यरत कर्मचारीहरूबाट संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।
कर्मचारीहरूबाट संकलित रकमबाट उक्त राहत सामग्री खरिद गरी नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुऱ्याइनेछ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुऱ्याउने उद्देश्यले कर्मचारीहरूले आफ्नो तर्फबाट राहत सामग्री संकलन गरी सहयोग गरेका हुन्।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै गरिएको उक्त सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ । साथै, आगामी दिनमा पनि यस्ता विपद्का समयमा आवश् सहयोग र सहकार्यलाई निरन्तरता दिने कर्मचारीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।












