IME Life New

प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ‘नेपाल इन्स्योरेन्स प्रोमोसन सोसाइटी तनहुँ’को ६५ हजार सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोमोसन सोसाइटी तनहुँले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा ६५ हजार रुपैयाँ सहयोग गरेको छ । हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
उक्त रकम सहयोग गरेको निप्स तनहुँका सचिव शेर बहादुर बोटेले जानकारी दिए ।

निप्स तनहुँले सञ्चालन गरेको आर्थिक सहयोग सङ्कलन अभियानमा दमौलीमा कार्यरत विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारी सहभागी भई उक्त रकम सङ्कलन गरेका हुन्।

Esewa
Crest

सङ्कलित रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको निप्सका अध्यक्ष रोबिन श्रेष्ठले जानकारी दिए। विपद्को समयमा बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूले देखाएको एकता, सद्भाव र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको समेत अध्यक्ष श्रेष्ठले बताएका छन् ।

पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निप्स तनहुँले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा प्रदान गरिएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS