काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका ५४७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवनमा मात्रै २२१ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १३४ जना, गोरखामा ४४ जना, धादिङमा ४० जना, नुवाकोटमा ३८ जना, तनहुँमा २९ जना, नवलपरासी पश्चिममा २८ जना र रसुवा १३ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार हाल १ हजार ४७३ जनाको उद्धार गरिएको छ। तीमध्ये ८९८ जनाको नुवाकोट, ५७२ जनाको रसुवा र ३ जनाको धादिङबाट उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये घाइते ९४ जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हाल ४ हजार ४७३ प्रहरी उद्धारका लागि परिचालित छन्। हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् भने १ जना मृत फेला परेका छन्।












