काठमाडौं । नेपाल प्रहरीले तिब्बती क्षेत्रको पुनः ताल फुटेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानमा जान प्रहरीले सूचित गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचना जारी गर्दै रसुवाको भोटेकोशीमा आज पुनः लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ। थप बाढी आउन सक्ने भएकोले भोटकोशी र त्रिशुली नदी किनारमा उद्धार तथा राहतमा खटिएका र विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।












