IME Life New

रसुवा बाढीः नेपाललाई आवश्यक सबै सहयोग प्रदान गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको वाचा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नेपालको रसुवा जिल्लामा आएको बाढीपछि अमेरिकाले नेपाललाई आवश्यक सबै सहयोग प्रदान गर्ने प्रस्ताव गरेको बताएका छन्।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले नेपालको नेतृत्वलाई सम्पर्क गरेको र आवश्यक सबै सहयोग प्रदान गर्ने वाचा गरेको बताएका हुन्। उनले विनाशलाई ‘भयानक’ भन्दै यस्तो पहिले कहिल्यै नदेखेको पनि बताए। ट्रम्पले भने, ‘हामीले नेपालसँग कुरा गरेका छौँ र उनीहरुलाई सबै सम्भव सहयोग प्रदान गरेका छौँ। हाम्रो नेपालसँग धेरै राम्रो सम्बन्ध छ। त्यहाँ जे भयो त्यो भयानक थियो। यो केवल पानी मात्र थिएन तर पानी र हिलोको खतरनाक मिश्रण थियो। जुन पहिले कसैले देखेको थिएन। बलियो र राम्रोसँग बनाइएका भवन पनि सलाईको काँटी जस्तै बगाइयो।’

Esewa
Crest

ट्रम्पले नेपालको विनाशकारी बाढी एकदमै दुखद् घटना भएको र अमेरिकाले सहयोग पठाइरहेको छ। ट्रम्पले भने, ‘हामीले त्यहाँको नेतृत्वसँग कुरा गरेका छौँ र उनीहरुलाई आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न तयार छौँ।’

ट्रम्पका अनुसार नेपालको बाढी प्रभावित क्षेत्रहरुमा ठूलो संख्यामा अमेरिकी नागरिक उपस्थित थिए र अमेरिकाले अहिलेसम्म सबै प्रभावित व्यक्तिको पूर्ण सूची प्राप्त गरेको छैन।

अमेरिकी विदेश विभागका अनुसार नेपालमा आएको बाढीबाट करिब ९० अमेरिकी नागरिक प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS