काठमाडौं । नुवाकोट पुगेर प्रभावित क्षेत्रको अवलोकन गरी फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार र पूर्वाधार पुनःस्थापना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
उनले बेपत्ताहरूको खोजी तथा उद्धारमा पर्याप्त सुरक्षाकर्मी र उद्धारकर्मीको टोली परिचालन गरिएको बताउँदै प्राथमिकताका साथ सरकारले विपत प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी फेसबुक पेजमार्फत् दिएका छन् ।
बेपत्ताहरूको खोजी तथा उद्धारमा नेपाली सेनाका ४,२००, नेपाल प्रहरीका ७,२५० र सशस्त्र प्रहरी बलका १,८४५ गरी कुल १३,२९५ सुरक्षाकर्मी खटिएका छन्। ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। हवाई उद्धारमा बिरामी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ। करिब ३,५०० प्रभावितहरूका लागि विद्यालय तथा सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ।
आर्थिक सहयोग र खाद्य सामग्रीस् राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। १० ट्रक राहत सामग्रीसहित नेपाल रेडक्रस ३० हजार जनालाई पुग्ने सामाग्री र विभिन्न स्वयंसेवी संस्थाहरू परिचालन भएका छन्।
प्रभावित र घाइतेको निःशुल्क उपचार सुनिश्चित गरिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार राखी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको छ। फिल्ड अस्पताल सेट त्रिशूलीतर्फ पठाइएको छ।
अवरुद्ध ७० वटा टेलिकम टावर पुनःसञ्चालन गर्न प्राविधिक टोली पठाइएको छ। नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराएका छन्। प्रभावित क्षेत्रमा थप ३० हजार लिटर डिजल र पेट्रोल र १७ हजार लिटर हवाई इन्धनको व्यवस्था गरिएको छ।
सडक, पुल, खानेपानी र विद्युत् संरचना द्रुत गतिमा मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक पेजमा उल्लेख गरेका छन् ।
सरकारले मृतकका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता दिने घोषणा गरेको छ। साथै, भारत, अमेरिका, भ्ग्, ध्ज्इ, क्ष्ँच्ऋ लगायतका अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहयोग र समन्वय भइरहेको छ। भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।












