काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुल लगायतका सडक संरचना बगाउँदा टुटेको सडक सम्पर्क अस्थायीरूपमा पुनःस्थापना गर्न भारत सरकारले बेली ब्रिज(फलामे तयारी पुल) उपलब्ध गराउने जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले दिल्लीमा आयोजित नियमित प्रेस सम्मेलनमा पत्रकारको जिज्ञासालाइ सम्बोधन गर्दै नेपाल सरकारको अनुरोधमा तत्काल राहत सामाग्री उपलब्ध गराइएझैं बेलि ब्रिज पठाउने सम्बन्धमा पनि गृहकार्य भइरहेको जानकारी दिए ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा राजमार्ग र सहायक मार्गहरू जोड्ने १८ वटाभन्दा बढी पक्की तथा फलामे पुलहरू बाढीले बगाएको छ। ठाउँठाउँमा सडक समेत खोलाको बाढीले बगाएका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका दर्जनाैं गाउँपालिकाहरू अन्य गन्तव्यसँग सडक सम्पर्कविहीन हुन पुगेका छन्।












