IME Life New

मेटलाइफ नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख योगदान गरेको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै समुदायहरू विस्थापित भएका छन् र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू हाल पनि जारी रहेका छन् ।

Esewa
Crest

जिम्मेवार संस्थागत नागरिकका रूपमा मेटलाइफ नेपाल यस कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउन निरन्तर खटिरहेका नेपाल सरकार, उद्धारकर्मी, मानवीय सहायता प्रदान गर्ने संस्थाहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । सामूहिक प्रयासबाट प्रभावित समुदायलाई आवश्यक सहयोग पु-याउँदै राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS