IME Life New

अब बैंकहरुले पीडितको औषधोपचार, उद्धार र राहतमा सीएसआरको रकम खर्च गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समाजिक उत्तर दायित्व (सीएसआर)को रकम प्राकृतिक प्रकोपबाट प्रभावितहरुको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न पाउने भएका छन्।

रसुवा बाढीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा पहिलो संशोधन गर्दै यो व्यवस्था थप गरिदिएको हो। संशोधित व्यवस्थाअनुसार अब बैंकहरुले औषधोपचार, राहत र उद्धारमा पनि सीएसआरको रकम प्रयोग गर्न सक्ने छन्।

Esewa
Crest

मार्गदर्शनमा प्राकृतिक प्रकोप तथा महामारी पीडितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडालगायतका बन्दोबस्तीका सामग्री तथा पीडितको औषधोपचार, उद्धार तथा राहत कार्यमा हुने खर्चमा सीएसआरको रकम प्रयोग गर्न सक्ने व्यवस्था उल्लेख छ। यसअघि मार्गदर्शनमा पीडितको औषधोपचार, उद्धार र राहत कार्यमा खर्च गर्न पाउने व्यवस्था थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS