काठमाडौं । आज बिहिबार सुरुको ३० मिनेट निकै घटेर पछि बजार बन्द हुँदा सम्हालिएको छ । बिहिबार नेप्से परिसूचक २५५७.३१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १.०४ अंकले घटेको छ।
३ अर्ब ७८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ४२ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ४२ बाट ६० करोड ६६ लाखको कारोबार भएको छ जसमा २९ करोड ७२ लाख रुपैयाँको खरिद भएको छ भने ३० करोड ९३ लाख रुपैयाँको विक्री भएको छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५८ बाट २४ करोड ५ लाख रुपैयाँको खरिद भएको छ भने २८ करोड ४२ लाख रुपैयाँको विक्री भएको छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये सबैबाट विक्री धेरै भएको छ ।













