काठमाडौं । अब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहतमा डिजिटल माध्यमबाट सहयोग रकम जम्मा गर्दा सीमा नलाग्ने भएको छ।
सरकारले रुसुवा बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र खोज तथा पुनस्र्थापनाका लागि ती कोष खडा गरेको छ। सहयोग र योगदान रकम एकद्वार प्रणालीबाट ल्याउन सरकारले यी कोष सिर्जना गरेको हो।
हाल विभिन्न संस्था तथा व्यक्तिले ती कोषमा योगदान गर्न थालेका छन्। यसलाई नै मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै ती दुवै कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा सीमा नलाग्ने व्यवस्था गरेको हो।
ती कोषका लागि सरकारले सञ्चालन गरेको बैंक खातामा डिजिटल माध्यमबाट पैसा पठाउँदा अधिकतम कारोबारको सीमा लागू नहुने केन्द्रीय बैंकले जनाएको छ।
मोबाइल-बैंकिङ्ग-वेब-एप्लिकेशन-तथा-ई-मनीको-माध्यम-मार्फत-हुने-कारोवारसम्बन्धमा।











