काठमाडौं । कालिका कन्स्ट्रक्सनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ।
रुसुवा बाढीबाट प्रभावित क्षेत्रमा राहात, उद्धार र खोज तथा पुनर्स्थापनाका लागि यो कोष खडा गरिएको हो। यो कोषमा कालिका कन्स्ट्रक्सनले चेक काटेर रकम जम्मा गरिदिएको छ।
यो कोषमा एकद्वार प्रणालीमार्फत योगदान रकम संकलन हुँदै आएको छ।












