काठमाडौं । आज पनि नेप्से परिसूचक १ दशमलव ०४ अंकले घटेर २,५५७ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । घोराही सिमेन्टका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।













