IME Life New

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकामा खोजी, उद्धार र राहत वितरण कार्यलाई थप तीव्रता दिएको छ। जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइसकेको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्वपूर्ण सहयोग र सहकार्य रहेको छ। हिजो बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टरहरु परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभरि जमिनी (स्थलमार्गबाट) उद्धार कार्यलाई निरन्तर जारी राखेको थियो।

Esewa
Crest

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरुमा नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरुको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ। सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS