IME Life New

बाढीले बगाएकामध्ये ९५ जनाको शव फेला, २८ प्रहरी अझै सम्पर्क विहीन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवामा आएको भीषण बाढीले विभिन्न जिल्लामा मानिस बगाउँदा बेपत्ता भएकामध्ये बुधबार साँझ ८ बजेसम्ममा ९५ जनाको शव फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकराी दिएको छ।

प्रहरी मुख्यालयका अनुसार,  बाढीका कारण विभिन्न जिल्लाहरूमा गरी हालसम्म ९५ जनाको शव फेला परिसकेको छ। तीमध्ये चितवनमा ३३, धादिङमा १८, गोरखामा १६, नुवाकोटमा ११, नवलपरासीपूर्वमा ११, तनहुँमा ५ र रसुवामा १ जनाको शव फेला परेको छ। अधिकांश शव माथिल्लो भेगबाट बगाएकाहरूको भएकाले चितवन जिल्लामा शव फेला पर्ने क्रम अन्यत्र भन्दा बढी छ।

Esewa
Crest

प्रहरी प्रधान कार्यालयले विपत्तिको यस कठिन घडीमा उद्धारकर्मीहरू अहोरात्र खटिएका छन् भने घाइतेहरूको उपचार तीब्र पारिएको जनाएको छ। कार्यालयका अनुसार, बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि ६५६ जना प्रहरी टोली परिचालन गरिएको छ।

नागरिकको सुरक्षामा खटिएका प्रहरी चौकीहरू नै बाढीको चपेटामा पर्दा केही प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन छन्। इलाका प्रहरी कार्यालय टिमुरेमा १० जना, प्रहरी चौकी रसुवागढीमा ८ जना, प्रहरी चौकी स्याफ्रुबेँसीमा ३ जना, अस्थायी प्रहरी पोष्ट मैलुङमा ५ जना, प्रहरी चौकी बेट्रावतीमा १ जना र प्रहरी चौकी हाकुमा १ जना प्रहरी अझैसम्म पनि सम्पर्कविहीन छन् ।

यसैगरी, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। तीमध्ये त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना,वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रिन सिटी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS