काठमाडौं । तिब्बतमा भूकम्प आएर हिमताल फुड्दा रसुवाको रसुवागढी टिमुरे हुँदै भोटेकोशी नदीमा आएको बाढीबाट हालसमम १६ जनाको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले प्राप्त पछिल्लो तथ्यांकअनुसार रसुवामा एकजना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको मृत्यु भएको छ। मृतकमा ७ जना महिला छन् भने ८ जना पुरुष छन्। एकजनाको पहिचान नखुलेको कार्यालयले जनाएको छ।
यसैगरी बाढीमा परेर हालसम्म ३५ जना घाइते भएको खबर प्राप्त भएको कार्यालयले जनाएको छ। ती घाइतेमध्ये रसुवाबाट १३ जना, नुवाकोटमा १९ जना र धादिङबाट ३ जनाको उद्धार भएको छ।












