काठमाडौं । शेयर बजार बुधबार भारी अंकले घटेको छ। नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह घटेका छन्। सर्वाधिक गिरावट निर्जीवन बीमा समूहमा ३.९० प्रतिशतको देखिएको छ।
आज बजारमा २३ कम्पनीको शेयरभाउ बढ्दा २५२ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार चिलिमे हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













