काठमाडौं । आज नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २,५५८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोलाका लगानीकर्ताले १० दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।













