काठमाडौं । चीनबाट आएको भीषण बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा रहेका बैंक तथा बीमा कम्पनीहरुका शाखा कार्यालयमा क्षति पुर्याएको छ।
बाढीले टिमुरेमा रहेका नबिल, प्रभु, एनआईएमबी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, कुमारी तथा सानिमा बैक र रसुवा–नुवाकोट सीमामा रहेको हिमालयन बैंक तथा एनआइसी बैंक तथा त्रिशूलीमा रहेको ज्योति, एनआईसी र कृषि विकास बैंकका शाखाहरुमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
यसैगरी ती स्थानमा रहेका विभिन्न बीमा कम्पनीका शाखा कार्यालयहरुमा बाढीले क्षति पुर्याएको बताइएको छ।












