IME Life New

आगन्तुक रिसोर्टको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटलमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगन्तुक रिसोर्टले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त नियुक्तिसम्बन्धी सम्झौता सोमबार भएको हो।सम्झौतामा आगन्तुक रिसोर्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शमशेर जबरा तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक आशीष गौचनले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौताअनुसार कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। प्रस्तावित आइपीओ निष्कासन तथा बिक्री प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य प्रचलित ऐन, नियमावली, निर्देशिका तथा नियामकीय मापदण्डको पालना गर्दै सम्पन्न गरिनेछ।

रिसोर्ट मुगल वास्तुकला शैलीमा निर्माण गरिएको छ। रिसोर्टको विभिन्न कोठा तथा निजी बाल्कोनीबाट २२ वटा हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने प्रमुख विशेषता रहेको छ। शान्त वातावरण, आकर्षक भौगोलिक अवस्थिति, हिमाली दृश्य तथा कार्यक्रममैत्री पूर्वाधारका कारण रिसोर्ट फुर्सद, पारिवारिक बसाइ, कर्पोरेट कार्यक्रम, सम्मेलन, विवाह तथा अन्य सामाजिक समारोहका लागि उपयुक्त गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य र मनोरमलाई आधुनिक आतिथ्य सेवासँग संयोजन गर्दै रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय आवास, भोजन तथा मनोरञ्जन सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले आगामी दिनमा आफ्नो सेवा तथा पूर्वाधार थप विस्तार गर्दै पाँचतारे स्तरको एकीकृत रिसोर्टका रुपमा स्तरोन्नति गर्ने र पर्यटकलाई लक्षित गरी आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने कम्पनीको दीर्घकालीन योजना अघि सारेको छ। रिसोर्टको यठेष्थ जग्गा रहेको छ।

कोटेश्वरदेखि धुलिखेलसम्मको सडकखण्डको सुधार तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेकाले सामान्य यातायात अवस्थामा काठमाडौंबाट रिसोर्टसम्म करिब ४५ मिनेटमै पुग्न सकिने अवस्था बनेको छ। प्रस्तावित सार्वजनिक निष्कासनबाट संस्थागत विकास, व्यवसाय विस्तार तथा दीर्घकालीन पूँजी व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS