IME Life New

भोटेकोशीको बाढीबाट प्रभावितमध्ये ४४५१ जनाको उद्धार, हेलिकप्टरमार्फत् ५१७ जना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी र भीषण बाढीका कारण प्रभावितहरूको उद्धार तथा राहतको प्रयास तेश्रो दिन पनि जारी रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार ७ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार, हालसम्म १२९ जना विदेशी सहित कुल ४,४५१ जनाको  उद्धार गरिएको छ। यीमध्ये जलविद्युत्को सुरुङभित्र थुनिएका १९१ जना र हवाई उद्धारमार्फत उद्धार गरिएका ५१७ जना सामेल छन्। हवाई उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरबाट ९९ पटक हवाई उडान गरिएको छ।

Esewa
Crest

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार ७ बजे जारी गरेको अद्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म ५७९ जनाको शव फेला परेको छ भने १,९२४ जना नागरिक अझै बेपत्ता रहेका छन्। विपद्पश्चात् सुरक्षाकर्मी र स्थानीय प्रशासनले उच्च सतर्कताका साथ तीब्ररूपमा खोज, उद्धार तथा राहत कार्य जारी राखेका छन्।

बाढीको बहाव र प्रभाव रसुवा हुँदै तल्लो तटीय क्षेत्र तथा आसपासका जिल्लाहरूसम्म फैलिएकाले विभिन्न स्थानहरूमा शव फेला परिरहेका छन्। हालसम्म कुल ५७९ जनाको शव फेला परिसकेको छ। चितवनमा २३३ जना, गोरखामा ४६ जना, धादिङमा ४० जना, नुवाकोटमा ३७ जना, तनहुँमा ३० जना, नवलपरासी पश्चिममा २७ जना, नवलपरासी पूर्वमा १५४ जना र रसुवामा १२ जनाको शव फेला परेको छ।

बाढीका कारण जलविद्युत् आयोजनाका श्रमिक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विदेशी नागरिक तथा सर्वसाधारण गरी १,९२४ जना अझै सम्पर्कविहीन रहेका छन्।प्राधिकरणका अनुसार, जलविद्युत् आयोजनाहरूबाट १,३३ जना, विदेशी पर्यटक ५१७ जना, गैर आवासीय नेपाली नेपाली नागरिक १२७ जना, रसुवाबाट १६१ जना मकवानपुरबाट ६६ जना, नेपाल सेनाको ४५ जना, नेपाल प्रहरी २८ जना, अध्यागमन कार्यालय १५ जना, भन्सार कार्यालय १५ जना, सशस्त्र प्रहरी बल नेपालको १३ जना लाङटाङ राष्ट्रिय निकुञ्जको ३ जना, नुवाकोटबाट १ जना सम्पर्कविहीन छन् ।

घटनामा घाइते भएका १०१ जनाको हाल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको प्रभावकारी र द्रुत उपचारका लागि प्रभावित क्षेत्रमा सर्जकल मेडिकल टिमसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा कुल १५,४३१ जना सुरक्षाकर्मी परिचालन गरी तीव्र रूपमा खोज तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। नेपाल सेना ६,७५५ जना, सशस्त्र प्रहरी बल नेपाल ४,२०३ जना, नेपाल प्रहरी ४,४७३ जना परिचालन गरिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा नेपाल सरकार तथा राहत टोलीमार्फत खाद्यान्न, गैरखाद्यान्न सामग्री र नगद सहयोग पठाइएको छ। रसुवा, नुवाकोटमा रू १ १ करोड, धादिङमा रु ५० लाख, १५ वटा पालिकाका लागि रु ६ करोड ७५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको छ।

हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरबाट ६ वटा उडान गरी दुर्गम क्षेत्रमा खाद्यान्न सामग्री पुर्‍याइएको छ। सञ्चार सम्पर्क टुट्न नदिन प्रभावित क्षेत्रमा सञ्चार सेटहरू पठाइएको छ। बाढीका कारण क्षति पुगेका १९८ वटा टेलिफोन टावरहरूमध्ये मर्मतपश्चात् १४४ वटा टावरहरू पुनः सञ्चालनमा आइसकेका छन्।

विपद्को अवस्थामा इन्धनको अभाव हुन नदिन नुवाकोटको भैरवी र सूर्यमती, पञ्चकन्या आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात राखिएको छ। साथै हवाई उद्धार कार्यलाई निरन्तरता दिन १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS