IME Life New

हिमालयन लाइफलाई झट्का, सीईओ नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कम्पनीले गत भदौ ३ गते सूचना जारी गर्दै सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। तर, हाल निलम्बनमा परेका कम्पनीका सीईओ कपिलकुमार दाहालले सीईओ नियुक्ति प्रक्रिया रोक्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो।

Esewa
Crest

सर्वोच्चले स्वतः निलम्बनमा परेका दाहाल हिरासतमा परेको र गत साउन २२ गते धरौटी बुझाएर तारिखमा रहेको स्थितिमा निजको निलम्बन रहने वा नरहने र कानुनबमोजिम प्रक्रिया अवलम्बन गरी पदबाट मुक्त हुने निर्णय नै नगरी पद रिक्त भएको मानी पदपूर्तिसम्बन्धी प्रक्रिया गर्न मिल्ने वा नमिल्ने भन्नेजस्ता गम्भीर कानुनी प्रश्न प्रस्तुत रिट निवेदनमा रहेकोले हाललाई प्रक्रिया रोक्न अन्तिम आदेश दिएको छ।

हिमालयन लाइफको सीईओमा दाहाल २०८२ कात्तिक १३ गते ४ वर्षका लागि नियुक्त भएका थिए। कार्यकाल बाँकी रहँदै काठमाडौं जिल्ला अदालतमा परेको धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि गत जेठमा मुद्दा  दायर भएको थियो। मुद्दा दायर भएसँगै दाहाल स्वतः निलम्बनमा परेका थिए।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ। छलफलका लागि भदौ १५ गतेको पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS