काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव १३ अंकले घटेर २,५९९ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ११ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहश ऊर्जाको १० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्तका लगानीकर्ताले ११ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सीवाइसी नेपालका लगानीकर्ताले ९ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।












