काठमाडौं । चाडपर्वको मुखमा नेपालीको भन्साको महँगिन थालेको छ। विशेषगरी चिनीपछि प्याजको मूल्य आकाशिन थालेको छ।
नेपाली बजारमा चिनी र प्याजमा भारतमा निर्भर रहेको छ। नेपाली बजारको करिब ९० प्रतिशत माग भारतबाट आउने चिनी र प्याजले पूरा गर्ने गरेका छन्।
उता भारतमा पनि चिनीपछि प्याजको मूल्य बढ्न थालेको छ। अघिल्लो महिनाको तुलनामा भारतमा प्याजको मूल्य लगभग दोब्बर बढेको छ।
अहिले भारतमा प्याजको खुद्रा मूल्य प्रतिकिलोग्राम भारु ६५ पुगेको छ। जुन अघिल्लो महिना प्रतिकिलो भारु ३५ थियो। यो हिसाबले नेपालमा प्याजको खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँ बढी नाघिसकेको छ।
यसैगरी भारतमा चिनीको मूल्य बढ्न थालेपछि भण्डारको सीमा तोकिएको छ। भारतले चिनी निर्यातमा कडाइ नगरे पनि मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परिरहेको छ।
हाल नेपालमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। जब कि १ महिनाअघिसम्म चिनी प्रतिकिलो १०० रुपैयाँमा पाइन्थ्यो।












