IME Life New

ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिले भदौ ३१ गते बुधबार ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्ष, ठमेल, काठमाडौं विहान ठिक ९ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडको चौथो वार्षिक साधारण सभाको मिति भएको हो ।

सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२ / ०८३ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३ / ०८४ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सार्वसधारणका लागि छुट्याइएको शेयर जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

सभाले कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS