काठमाडौं । चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र आर्थिक दबाबले मध्यपूर्व द्वन्द्वको समाधान नगर्ने जनाएको छ।
यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिकी सहयोगीहरुलाई इरानी अर्थतन्त्रलाई ‘कुचल्ने’ अमेरिकी प्रयासलाई समर्थन गर्न अपिल गरेका थिए। बेसान्टको बयानअघि डोनाल्ड ट्रम्पले भनेका थिए, ‘इरानलाई कुनै पनि प्रकारको सहयोग वा समर्थन प्रदान गर्ने कुनै पनि देशले गम्भीर आर्थिक परिणाम भोग्नेछ।’
ट्रम्पको धम्कीका बारेमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘प्रतिबन्ध र दबाबले यो समस्या समाधान गर्न सक्दैन।’
जियानका अनुसार चीनले सबै सम्बन्धित पक्षहरुलाई जिम्मेवार कदम चाल्न र राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ। –एजेन्सी












