IME Life New

भारतः मृतकका नाममा बीमाको करोडौँ रकम झ्वाम, ७४ जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा मृतकका नाममा बीमाको करोडौँ रकम ठगी गरेको घटना बाहिर आएको छ।

प्रहरीले अन्तरराज्यीय बीमा धोकाधढीमा संलग्न ७४ जनालाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो। प्रहरीले हाल ती अभियुक्तहरुको सम्पत्ति रोक्का गरेको छ।

Esewa
Crest

यो गिरोहले मृत्यु नजिक पुगेका र मृतकका नाममा नक्कली बीमा पोलिसी खरिद गरी करोडौँ रकमका दाबी भुक्तानी लिएर ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि सम्भलसहित ५ जिल्लामा २७ भन्दा बढी मुद्दा दर्ता भएका छन्।

अनुसन्धानले गिरोहको सञ्जाल उत्तर प्रदेश र उत्तराखण्डसहित १२ राज्यमा फैलिएको खुलासा गरेको छ। बीमा ठगीमार्फत उनीहरुले भारु १०० करोडभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको अनुमान गरिएको छ।

एसपी केके बिश्नोईले जिल्लामा बस्ने अभियुक्तहरुको सम्पत्तिको प्रमाणीकरण पूरा गरेपछि प्रहरी टोली अब बिहार, झारखण्ड र उत्तराखण्डसहित अन्य राज्य र जिल्लामा पठाउन लागिएको बताए। यी टोलीले गुन्डा ऐनअन्तर्गत मुद्दा चलाइएका बाँकी २२ अभियुक्तको सम्पत्ति प्रमाणीकरण गरिरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS