काठमाडौं । शेयर बजार शुक्रबार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्सेमा उपसमूहको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह ०.०३ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक १.०६ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा ७० कम्पनीको शेयरभाउ बढ्दा १९८ वटाको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













