IME Life New

एक वर्षमा निर्जीवन बीमकहरुबाट साढे ३० अर्ब बढी दाबी भुक्तानी, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले गत आर्थिक वर्ष २०८२।८३ मा साढे ३० अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।

हालै सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको दाबी भुक्तानी २१.१६ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ९ वटा कम्पनीहरुको दाबी भुक्तानी बढेको छ भने ५ वटाको घटेको छ। सर्वाधिक दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका हिसाबले सानिमा जीआईसी इन्स्योरेन्स अगाडि रहेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी ३६.९२ प्रतिशतले बढेको छ।

दोस्रो धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब २ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी ३१.३० प्रतिशतले बढेको छ।

यसैगरी सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी २७.५३ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दाबी भुक्तानी ८.९४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.६१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ३.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १०.०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.७५ प्रतिशतले घटेको छ।

वृद्धिदरका हिसाबले सानिमा जीआईसी इन्स्योरेन्सको दाबी भुक्तानी अघिल्लो वर्षको तुलनामा ५४.४४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो कम्पनीले १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा समीक्षा वर्षमा बढेर १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

सबैभन्दा कम दाबी भुक्तानी गर्ने निर्जीवन बीमकमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। गत आर्थिक वर्षमा यो कम्पनीले ३० करोड १० लाख रुपैयाँमात्रै दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS