IME Life New

सुन खानी बन्यो मृत्युको कुँवा, १०० बढीको गयो ज्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी भागमा रहेको सुन खानी अचानक भत्किँदा १०० भन्दा बढीको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरु र उद्धार प्रयासमा जुटेको रेडक्रसका अनुसार बुधबार अब्बा क्षेत्रको एउटा सानो सुनखानीमा दुर्घटना भएको हो। सुरुमा ३० जनाको मृत्यु भएको खबर गरिएको थियो तर पछि यो संख्या १०० भन्दा बढी पुग्यो। उद्धारकर्ताले शवहरु निकाल्न म्यानुअल रुपमा माटो र भग्नावशेष हटाउन धेरै घन्टा बिताए।

Esewa
Crest

धेरै मानिस अझै पनि खानीभित्र फसेको आशंका गरिएको छ। स्थानीय र उद्धारकर्ता भग्नावशेष हटाउन मिलेर काम गरिरहेका छन्। खानीमा पहुँच अत्यन्तै गाह्रो छ। जसले गर्दा फसेका मानिसलाई छिटो उद्धार गर्नु उद्धार टोलीको लागि ठूलो चुनौती बनेको छ। समय बित्दै जाँदा उनीहरुलाई जीवित फेला पार्ने आशा कम हुँदै गइरहेको छ।

खानी भत्किँदा घटनास्थलमा आवश्यक उद्धार मेसिनरीको अभाव थियो। त्यसैले उद्धारकर्ता र स्थानीयले म्यानुअल रुपमा माटो र भग्नावशेष हटाइरहेका छन्। उनीहरुको प्राथमिक काम भित्र फसेकाहरुलाई खोज्नु र शवहरु निकाल्नु हो।

सुरुमा लगभग ३० जना शव निकालिएका थिए। उद्धार कार्य अगाडि बढ्दै जाँदा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्यो। अधिकारीहरुले भग्नावशेषमुनि धेरै मानिसहरु दबिएको हुन सक्ने डर व्यक्त गरे।

यो एउटा सानो सुन खानी थियो। जहाँ स्थानीय मानिसहरुले सुनको खोजी गर्छन्। मध्य अफ्रिकी गणतन्त्रमा धेरैका लागि यस्तो सानो स्तरको खानी आम्दानीको स्रोत हो। यी खानीमा प्रायः ठूला कम्पनीहरुमा पाइने सुरक्षा उपायहरुको अभाव हुन्छ। धेरै ठाउँमा कामदारहरुले साधारण उपकरणहरु प्रयोग गरेर खन्छन्। सुरुङहरु सुरक्षित राख्न उचित सुरक्षा उपायहरु बिना, माटो र ढुङ्गाहरु अचानक भत्किन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS