काठमाडौं । शेयर बजारमा बिहीबार सुधार आएको छ। नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा समूहमा गिरावट आएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७४ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा सर्वाधिक ०.६५ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा १३२ कम्पनीको शेयरभाउ बढ्दा १३२ कम्पनीकै शेयरभाउ घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कृषि बन्ड–८७ को भएको छ।
उच्च कारोबार भएका १० शेयर













