IME Life New

नेपालको पुँजीबजारमा नयाँ प्रडक्टहरु ल्याएर उत्साह ल्याउनुपर्छः सेबोन अध्यक्ष भट्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्टले नेपालको पुँजीबजारमा नयाँ प्रडक्ट ल्याएर उत्साह ल्याउनुपर्नेमा जोड दिएका छन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले बुधबार आयोजना गरेको पुँजीबजारसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्ट यस्तो जोड दिएका हुन्। भट्टले सेबोनले अब क्यास अथवा क्रेडिट कारोबार गर्ने नीति अवलम्बन गर्ने पनि बताए।

Esewa
Crest

आउँदै गरेको मार्जिन कारोबार सुविधाले अहिलेको क्रेडिट कारोबारलाई सुधार गर्ने पनि कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष भट्टको भनाइ थियो। ‘सेबोनले पुँजीबजारसँग सम्भन्धित केही मार्गदर्शनहरु जारी गर्नेछ’, उनले भने, ‘ती मार्गदशनमा लगानीकर्ताको हित गर्ने, जोखिममा आधारित नियमन तथा पुँजीबजारमा संस्थागत सुशासन कायम गर्नेछ। प्रथामिक तथा दोस्रो बजारमा सुधार गर्ने विषयलाई सेबोनले जोड दिएको छ।’

कार्यक्रमको सभापतित्वसमेत गरेका एसोसिएसनका अध्यक्ष सागर ढकालले स्वागत मन्तव्य राख्दै सेबोनमा रहेका २०–२२ वर्षअघिका ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले सेवनमा नयाँ नेतृत्व आएपछि आफूहरुले कल्पना गरेभन्दा बढी काम भएको बताए। उनले सेबोनले अब ‘अटो ईडीआईएस’ हुने व्यवस्था ल्याउन पनि सेबोनलाई सुझाव दिए।

कार्यक्रमममा एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालले पुँजीबजार विकाससम्बन्धी एक मार्गचित्र प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वााणिज्य महासंघको पुँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेबोन अध्यक्षको विचार प्रस्ट बुझिएकोले त्यहीअनुसार सबै चल्नुपर्नेमा जोड दिए। शेयरबजारमा सबै भन्दा ठूलो भनेको लगानीकर्ताको विश्वाव र लगानीकर्ता रहेको विषयमा उनको भनाइ थियो। उनले ब्रोकर ब्यवसाय अव आधुनिक र सम्मानित हुनुपर्ने विषयमा पनि जोड दिए।

कार्यक्रममा सेबोन अध्यक्ष भट्टसहित सम्पूर्ण म्यानेजमेन्ट टिम तथा ८० भन्दा बढी ब्रोकर कम्पनीको सहभागिता थियो। कायक्रमको सञ्चालन एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS