IME Life New

डोनाल्ड ट्रम्पले इरानविरुद्ध थाले आर्थिक द्वन्द्व, अन्य देशले सहयोग गरे ठूलो क्षति व्यहोर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अभूतपूर्व र अत्यन्तै कठोर आर्थिक अभियान घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले इरानलाई सम्झौतामा पुग्ने अधिकतम अवसर दिएँ तर इरानले यसको फाइदा उठाउन असफल भयो।’

राष्ट्रपति ट्रम्पले आफूले आज कुनै पनि देशविरुद्ध गरिएको सबैभन्दा कडा आर्थिक कारबाहीको घोषणा गर्न लागेको बताएका छन्। ‘यो पूर्ण स्तरको आर्थिक युद्ध र इरानलाई अलग्याउने अभियान हुनेछ’, उनले भने।

Esewa
Crest

ट्रम्पले आफ्नो पहिलेको भनाइ दोहोर्याउँदै इरानको सैन्य र आर्थिक शक्ति कमजोर हुने बताए। उनले कुनै पनि देशले इरानलाई आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी एजेन्सीहरुमार्फत कुनै पनि प्रकारको आर्थिक सहयोग प्रदान गर्नेले उल्लेखनीय आर्थिक नोक्सान भोग्ने चेतावनी पनि दिए।

ट्रम्पले विशेष रुपमा तेल तस्करी, तेल ट्यांकरहरुको आदानप्रदान, नगद स्थानान्तरण, मुद्रा विनिमय कम्पनीहरुको प्रयोग र नक्कली कम्पनीहरुको नाममा जहाजहरुको दर्ताजस्ता गतिविधिको उल्लेख गरे। आफ्नो बयानको अन्त्यमा ट्रम्पले यो अपरेसनलाई दोस्रो विश्वयुद्धको समयमा नोर्मन्डीमा अमेरिकी सेनाको अवतरणसँग तुलना गरे। उनले अमेरिकाका सहयोगीहरुलाई इरानबाट उत्पन्न खतरालाई हटाउन अमेरिकालाई सहयोग गर्न अपिल पनि गरे।

ट्रम्पले सम्पूर्ण अपरेसनलाई ऐतिहासिक कदम भनेर वर्णन गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS