IME Life New

मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधानहरू विकास गर्दै सर्वसाधारणका लागि गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन्।

Esewa
Crest

स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजनाहरू अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम तथा समाधानहरू अघि बढाउने लक्ष्य राखिएको छ। यस सहकार्यबारे दुवै संस्थाले “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने” प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS