IME Life New

ट्रम्पले ३ दिनका लागि स्थगित गरे क्यानडामाथि लगाउन लागेको ५०% ट्यारिफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियाली सामानहरुमा प्रस्तावित ५० प्रतिशत ट्यारिफ ३ दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।

ट्रुथ सोसलमा एउटा पोस्टमा ट्रम्पले भनेका छन्, ‘मैले क्यानडामा ५० प्रतिशत ट्यारिफ ३ दिनका लागि स्थगित गरेको छु। यो ट्यारिफ हिजो बिहान लागू हुने तालिका थियो। यसलाई स्थगित गर्ने निर्णय गरिएको छ किनकि क्यानडा र अमेरिका कागजातहरुलाई अन्तिम रुप दिएपछि सम्झौतामा पुगेका छन्।’

Esewa
Crest

क्यानडाका सामानहरुमा नयाँ ट्यारिफ लागू हुनुभन्दा दुई घन्टाअघि यो घोषणा आएको हो। अमेरिकी अटोमोबाइलहरुमा कर र धेरै क्यानेडियाली प्रान्तहरुद्वारा अमेरिकी वाइनको बिक्रीमा प्रतिबन्धलगायत धेरै मुद्दामा दुई देश आपसमा झगडा गरिरहेका छन्।

ट्रम्प र क्यानेडियाली प्रधानमन्त्री मार्क कार्नीले यस हप्ता दुईपटक वार्ता गरेका छन्। जुलाईदेखि दुवै देशका वार्ताकार वार्तामा संलग्न छन्। ट्रम्पले अगस्ट १९ को समयसीमा तोकेर नयाँ शुल्क लगाउने चेतावनी दिएका थिए।

यसैबीच कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरिएको पत्रमा भनेका छन्, ‘वार्तामा उल्लेखनीय प्रगति भएको छ। यद्यपि केही महत्वपूर्ण काम बाँकी छन्।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS