काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनकाको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले शेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












