IME Life New

सीईओ निलम्बित अवस्थामा हुँदा नै सीईओको आवेदन माग्यो हिमालयन लाइफले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ।

बीमा ऐन उल्लंघन कसुरमा गत जेठ २८ गते तत्कालीन सीईओ कपिलकुमार दाहाल निलम्बनमा परेसँगै हिमालयन लाइफमा सीईओ पद खाली छ। दाहाल निलम्बित अवस्थामै रहेको बेला कम्पनीले नयाँ सीईओका लागि दरखास्त आह्वान गरेको हो। दाहाल निलम्बनमा परेको ३ महिना पनि पुगेको छैन।

Esewa
Crest

कम्पनीले एक सूचना प्रकाशित सीईओका लागि दरखास्त आह्वान गरेको छ। सीईओका लागि म्यानेजमेन्ट, बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इकोनोमिक्स, अकाउन्टिङ र इन्स्योरेन्समा स्नातकोत्तर तह वा सोसरहको शैक्षिक उपाधि मान्यता प्राप्त विश्वविद्यालयबाट हासिल गरेको हुनुपर्नेछ। बीमा कम्पनीमा कम्तीमा ५ वर्ष डीसीईओ वा सीईओका रुपमा कार्य गरेको अनुभव हुनुपर्नेछ।

यसैगरी जीवन बीमा सञ्चालन, उत्पादन, अन्डरराइटिङ, दाबी, पुनर्बीमा, जोखिम व्यवस्थापन, लगानी, वित्तीय व्यवस्थापनजस्ता विषयमा विशेष दख्खल भएको हुनुपर्नेछ।

सीईओका लागि नेतृत्वदायी भूमिकासँगै रणनीति बनाउने, निर्णय लिने क्षमता भएको हुनुपर्ने कम्पनीले जनाएको छ।

योग्य उम्मेदवारले आवश्यक सम्पूर्ण कागजपत्रसहित यही भदौ १० गतेसम्म आवेदन दिनुपर्नेछ। आवेदन [email protected] मार्फत दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS