काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच मंगलबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
सेबोनको खुमलटारस्थित कार्यालयमा भएको भेटमा नेपालको पुँजीबजारको विकास, नीतिगत सुधार तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयहरूमा छलफल भएको थियो।
सोही क्रममा आईएमएफका प्रतिनिधि गुप्ताले सेबोनले चालेका पुँजीबजार सुधारका कदममा आईएमएफलगायतका वित्तीय क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग एवं समन्वय रहने प्रतिबद्धता व्यक्त गरे।












