काठमाडौं । मेट लाइफ नेपालले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई समेटेर विशेष ब्रान्ड भिडियो सार्वजनिक गरेको छ । जसले जीवनमा योजना र तयारीको महत्वलाई उजागर गर्ने कम्पनीले विश्वास लिएको छ ।
यस भिडिको मूल सन्देश “भोलिको योजना आजै” भन्ने अवधारणामा आधारित रहेको छ । जसले भविष्य सुनिश्चित हुँदा जीवनका हरेक अवसर र चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्न सकिने कुरा प्रस्तुत गर्दछ।
भिडियोले जीवनका विभिन्न महत्वपूर्ण चरणहरूलाई समेटेको छ, जस्तै सन्तानको भविष्य निर्माण, घर खरिद, अभिभावकत्वको सुरुवात तथा समयमै अवकाशको योजना, हरेक परिवारको सपना फरक हुन सक्छ, चाहे आफ्ना सन्तानलाई डाक्टर बनाउने चाहना होस् वा क्रिकेटर, सही योजना र सुरक्षा भएमा ती सपनाहरूलाई निर्धक्क रूपमा पछ्याउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
यसले जीवन बीमालाई केवल आर्थिक सुरक्षा मात्र नभई भविष्यका लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्ने आधारका रूपमा प्रस्तुत गरेको छ। इन्दु बर्माको जीवनयात्रा र नेतृत्व क्षमताले तयारी, अनुशासन, दृढता र दीर्घकालीन सोचको प्रतिनिधित्व गर्दै उहाँलाई अभियानको प्रमुख अनुहारका रूपमा देखिन सकिनेछ।
यस भिडियोमार्फत मेटलाइफ नेपालले वित्तीय योजना र सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्दै व्यक्तिहरूलाई भविष्यप्रति जिम्मेवार बन्न प्रेरित गर्न खोजेको छ।
अभियानले अप्रत्याशित परिस्थितिमा पनि परिवार र व्यक्तिगत लक्ष्यहरू सुरक्षित राख्न पूर्वतयारीको आवश्यकता रहेको सन्देश दिएको छ । सही योजना र संरक्षणले व्यक्तिहरूलाई जीवनका हरेक मोडमा थप आत्मविश्वासी र सक्षम बनाउँछ। भिडियोमा कप्तान इन्दुको सन्देश, “जब तपाईंको भोलि सबै प्लांड हुन्छ, तब तपाईं सुरक्षित र सधैं तयार रहनुहुनेछ।” ले यस अभियानको मुख्य भावनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ ।
भिडियो Link: https://www.facebook.com/












