काठमाडौं । सिद्धार्थ बैंकको १ लाख ५७ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख ५७ हजार ४७९ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई सिद्धार्थ बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।












