IME Life New

सम्पत्ती शुद्धिकरणसँग जोडिएको मुद्दामा बीमा प्राधिकरणका पूर्व अध्यक्ष दाहालसँग धराैटी माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दामा अभियुक्त बनाइएका नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा नेपाल सरकारका सहसचिव मदन कुमार दाहालसँग धराैटी माग गर्न विशेष अदालतले आदेश जारी गरेको छ।

सरकारको तर्फबाट मुद्दाको अभियोग पत्र दायर गर्दा फरार ठहर्याइएका दाहाल स्वयम् अदालतमा उपस्थित भएपछि दाहालको निवेदन सम्बन्धमा सोमबार भएको प्रारम्भिक सुनुवाइ पछि अदातलले १५ लाख रूपैयाँ धराैटी माग गर्ने आदेश जारी गरेको हो।

Esewa
Crest

विशेष अदालतमा हाजिर भएका दाहालसँग धुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीसँग धरौटी माग गरेर मुद्दाको पुर्पक्ष गर्न दिने आदेश दिएको छ।

सरकारले गत जेठ २८ गते हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक लगायतकाविरूद्ध सामूहिक मुद्दा दायर गर्दा दाहालविरूद्ध समेत सम्पत्ती शुद्धिकरणको अभियोग लगाएको थियो।

बीमा सम्बन्धी कसूरमा काठमाडाैं जिल्ला अदालतमा उनीविरूद्धको मुद्दा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS